|

काठमाडौ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुन चाहेको बताएका छन्।

पार्टीको प्रशिक्षण कार्यक्रममा धनगढी पुगेका प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारमा कांग्रेस समेत सहभागी हुने विषयमा गठबन्धनका दलहरूबीच छलफल जारी रहेको जानकारी दिए। 

‘गठबन्धनमा यो विषयमा छलफल भएको छ,’ उनले भने, ‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो। तर‚ सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकाले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्‍यो भनेर माधवजीलाई मैले भनेको छु।’ 

उनले कांग्रेसलाई पनि सहभागी गराउने भन्ने टुंगिसकेको र कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको पनि बताए। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको प्रचण्डको भनाइ छ। प्रदेश सरकारको नेतृत्व फेर्ने विषयमा समेत गठबन्धनमा छलफल भएको उनको भनाइ छ।

माधवजीहरूले ठूलो दलको हैसियतमा प्रदेशको नेतृत्व उनीहरुलाई दिनुपर्ने कुरा गर्नुभएको  छ,’ प्रचण्डले भने, ‘तर त्यो हो भने हामी सबैभन्दा बढी भएको बागमती हामीलाई दिने दिउँ भनेर हामीले कुरा गरेपछि अहिले नेतृत्व नफेर्ने कुरा भएको छ।’ 

अध्यक्ष प्रचण्डले गठबन्धनले सल्लाह गरेर कांग्रेसलाई भने सरकारमा सहभागी गराउने वातावरण बनाइने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.