|

आइसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार चौथो जित हात पारेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगितामा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा जारी राखेको हो।

प्रतियोगितामा वेस्ट इन्डिजको भने यो दोस्रो हार हो। प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको अष्ट्रेलिया ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। वेस्ट इन्डिज भने ४ अंकका साथ पाँचौं स्थानमा छ। जारी विश्वकप खेलिरहेका ८ टिममध्ये शीर्ष चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।

दक्षिण अफ्रिका ६ अंकसहित दोस्रो स्थानमा रहँदा भारत ४ अंकका साथ तेस्रो र समान ४ अंक नै भएको न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ। वेलिङटनमा मंगलबार वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै १३२ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य अष्ट्रेलियाले ३०.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। अष्ट्रेलियालाई जिताउनका लागि कप्तान रिचेल ह्येनिङले सर्वाधिक ८३ रनको नटआउट इनिङ खेलिन्। वेस्ट इन्डिजका लागि हेली म्याथ्यूज, समिला कोनेल र चिनेल हेनरीले समान एक-एक विकेट लिएका थिए।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले ४५.५ ओभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको थियो। उसका लागि स्टेफिने टेलरले ५० रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै सेमिना क्याम्बेलले २० रनको योगदान गरिन्। त्यस्तै डेन्ड्रा डोटेन १६ रनमा आउट हुँदा चेनरे हेनरी र एलिया एलेनले समान १०–१० रन बनाएका थिए। अष्ट्रेलियाका लागि एलियास पेरी र एसलिस गार्डनरले समान ३–३ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.