|

जनकपुरधाम : मानव बेचबिखन तथा ओसारपसार एवं अपहरण मुद्दाका अभियुक्त दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– १३ बस्ने जोगिन्द्र पासवानका छोरा ४२ वर्षीय रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया विभा पासवान रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए।

सो मुद्दामा धनुषा जिल्ला अदालतले २०७७ माघ २२ गते गरेको फैसलामा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपियाँ जरिवाना सुनाएका हुन्।

विभालाई १७ वर्ष कैद र १ लाख ५० हजार जरिवाना गरेको हो। 

अदालतको फैसलापछि फरार दम्पतीलाई जनकपुरधाम उपमहानगरपालिका–१३ बाटै पक्राउ गरी जिल्ला अदालत धनुषामा पेश गर्दा अदालतले झुम्का कारागार कार्यालय सुनसरीमा पठाउने आदेश भएकाले त्यहाँ पठाउन लागेको प्रहरी प्रमुख रजौरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.