चर्चित निबन्धकार शंकर लामिछानेबारे संवाद गरिने

|

काठमाडौं : शंकर लामिछाने प्रतिष्ठानले प्रशिद्ध निबन्धकार शङ्कर लामिछानेको ९५ औं जन्मोत्सव समारोह ०७८ चैत ५ गते लामिछानेबारे संवाद कार्यक्रम गरेर मनाउने भएको छ। 

सो अवसरमा लेखक एवं नृत्यकार भैरवबहादुर थापा आत्रेयलाई सम्मान गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ। पूर्व गोर्खा सैनिक थापा यसअघि जगदम्बाश्री सम्मान, मुक्तककार भीम दर्शन रोका सम्मान आदिबाट सम्मानित भइसकेका छन्। 

थापाका नेपाली नृत्य र शारीरिक प्रवेशिका भाग १, २ र ३ (२०२२), ढोका (२०३०), हिँड्दाहिँड्दै बनेका तस्वीरहरु (२०६५), समर्पण (२०६७), हिमाल नाट्य मिमांसा (३०७२) जस्ता कृतिहरु प्रकाशित रहेका छन्। उनका आधा दर्जन कृति प्रकाशोन्मुख रहेका छन्। 

थापा चर्चित नृत्यकार हुन्। २००७ सालबाट उनका रचनाहरु प्रकाशित हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.