|

काठमाडौं : बलात्कारको आरोपमा पक्राउ परेका मुगु जिल्लाका सांसद मोहन बानियाँ ५ लाख धरौटीमा छुटेका छन्।

जिल्ला अदालत बाँकेका न्यायधीश ईश्वरी भट्टराईको इजलाशले जबरजस्ती करणी मुद्दामा प्रहरी हिरासतमा रहेका बानियाँलाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

जुम्लाकी ४० वर्षिया  शिक्षिकाले आफुलाई नेपालगन्जको होटल सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि सांसद बानियाँ फागुन १६ गते पक्राउ परेका थिए।

आरोपित बानियाँले भने महिलाले लगाएको आरोप झुट भएको र आफूलाई फसाउन खोजिएको बताउदै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.