‘कांग्रेसका केही मान्छे अतिवादी ढंगले प्रस्तुत भए’

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल कांग्रेसमा भर पर्ने बताएका छन्। 

बिहीबार बुटवलमा प्रेस सेन्टरले गरेको  पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘तत्काललाई त एमालेसँग गठबन्धनको सम्भावना छैन। तर, हुँदै हुँदैन भन्ने चाहिँ होइन।’
 
राजनीति खेल भएकाले असम्भव भन्ने कुरा केही नरहेको टिप्पणी गरे। प्रचण्डले भने, ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन। त्यसैले एमालेसँगको गठबन्धनबारे कांग्रेसको व्यवहारमा भर पर्छ।’

कांग्रेसका केही नेताहरुले माओवादीसँग गठबन्धन गर्न हुदैन भनेर अतिवादी कुरा गरेको आरोप लगाए। कांग्रेस सभापति तथा प्रधानमन्त्री गठबन्धनमा सकारात्मक भएकाले सत्तारूढ दलबीच चुनावी तालमेलको सम्भावना बलियो रहेको औँल्याए। 

प्रचण्डले भने, 'कांग्रेसका केही नेताहरूले माओवादीसँग गठबन्धन हुनै सक्दैन भनेर अत्यन्त अतिवादी ढंगले बोलिराख्नुभएको छ। हुन त प्रधानमन्त्री देउवाले उहाँहरूलाई बोल्न बन्द गराइ सक्नुभएको छ। कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन।’

माओवादीको पहिलो प्राथमिकता आफ्नै आफ्नै तागतमा चुनाव लड्ने नै भएको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.