|

युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ। युइएफएको मुख्यालय स्विटजरल्यान्डको न्योनमा शुक्रबार भएको ड्र मा साविक च्याम्पियन चेल्सीले रियल म्याड्रिडको सामना गर्ने तय भएको छ।

क्वार्टरफाइनलका अन्य खेलमा म्यानचेस्टर सिटीले एट्लेटिको म्याड्रिडविरुद्ध प्रतिस्पर्धा गर्दा स्पेनी क्लब भिलारियलले वायर्न म्युनिखको सामना गर्नेछ। अन्तिम क्वार्टरफाइनलमा पोर्चुगिज क्लब बेनिफिकाले इंग्लिस जाइन्ट लिभरपुलविरुद्ध खेल्ने तय भएको छ।

क्वार्टरफाइनल चरणका खेल अप्रिल ५ र ६ मा पहिलो लेग हुँदा दोस्रो लेग १२ र १३ अप्रिलमा हुनेछ। सेमिफाइनलको पहिलो लेग २६ र २७ अप्रिलमा हुँदा दोस्रो लेग ३ र ४ मेमा हुनेछ। च्याम्पियन्स लिगको फाइनल २८ मेमा फ्रान्सको पार्क दे प्रिन्समा हुनेछ।

यस्तो छ क्वार्टरफाइनल ड्र

चेल्सी विरुद्ध रियल म्याड्रिड
म्यानचेस्टर सिटी विरुद्ध एटलेटिको म्याड्रिड
भिलारियल विरुद्ध बायर्न म्युनिख
बेनिफिका विरुद्ध लिभरपुल

सेमिफाइनल

म्यानचेस्टर सिटी र एटलेटिको म्याड्रिड बीचको विजेता विरुद्ध चेल्सी र रियल म्याड्रिड बीचको विजेता

बेनिफिका र लिभरपुल बीचको विजेता विरुद्ध भिलारियल र बायर्न म्युनिख बीचको विजेता

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.