|

इलाम : नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले पार्टी विभाजन गर्ने झलनाथ खनाल माफीको पात्र नभएको प्रतिक्रिया दिएका छन्। फिक्कलमा आइतबार आयोजित आमसभामा उनले ०५६ को निर्वाचनमा पराजित हुँदा पार्टी विभाजनको टिप्पणीकार अहिले आफैँले पार्टी टुक्र्याउँदा गर्दा कस्तो महसुस भयो भनेर खनाललाई प्रश्न गरे। 

‘२०५६ सालमा १ सय ७ भोटले हार्नुभएको थियो हारपछि पार्टी फुटाउनेहरूलाई उहाँले टिप्पणी गर्नुभएको थियो पार्टी फुटाएर देश र जनताप्रति गद्दारी गरेको भन्दै उहाँले लामो व्याख्यान गर्नुभएको थियो,’ उनले भने, ‘उहाँ राम्रो टिप्पणी गर्नहुन्छ त्यति वेला ती कमरेड हार्दा हामी रोएका थियौं। यो संसदीय प्रणालीप्रति साथीहरूले गद्दारी गरे धोका दिए जनताले माफ दिँदैनन् भन्नुभएको थियो। अहिले आफैँ त्यो ठाउँमा पुग्दा जनताले के गर्नुपर्ला उहाँलाई?’

खनाललगायतले एमालेबाट चुनाव जितेर पार्टी र मतदातालाई धोका दिँदै विपक्षीलाई सत्तामा पुर्‍याएको नेम्बाङले बताए। ‘एमाले र मतदातालाई धोका दिएर परमादेशी सरकार बनाउन उहाँहरूले सहयोग गर्नुभएको छ,’ उनले भने, ‘तपाईंहरूको मतले जितेर गएकाहरू अहिले चुनाव आएपछि तर्सिन थाल्नुभएको छ।’

उनले आगामी निर्वाचनमा मतपेटिका कब्जामा लिएर मतपत्र च्यात्ने उपाय काम नलाग्ने बताए। ‘चितवनको निर्वाचनको तरिकाले काम लाग्छ कि सर्लाहीको निर्वाचनको तरिकाले काम लाग्छ कि सोच्नुहोस्। अब तपाईंहरूका यी तरिका काम लाग्दैनन्। विनम्रतापूर्वक जनतालाई १० पटक नमस्कार गर्नुस् ०४८ सालदेखि तपाईंलाई पसिना बगाएर रगत बगाएर ठाउँमा पुर्‍याएका छन्,’ नेम्बाङले भने, ‘नेकपा एमालेको प्रवेश मेचीदेखि महाकालीसम्मको ओइरो देखेर छक्क परिरहनुभएको होला मित्रहरू। मैले नामचाहिँ बिर्सिएँ उहिलेदेखिको साथी झलझली अनुहार याद आउँछ कमरेड जन्तरे हो की कमरेड अन्तरे।' नेता झलनाथ खनाल दाजुभाइमा जन्तरे हुन्।

उनले टर्चलाइट बालेर खोज्नुपर्ने प्रतिक्रिया दिने नेताहरू आफैँ एमालेको केन्द्रीय महाधिवेशन स्थलसम्म नपुगेको स्मरण गरे। ‘नारायणघाटमा हाम्रो सम्मेलन टर्चलाइट बालेर खोज्नुपर्छ भन्नेहरु नारायणघाटको सम्मेलनको उदघाटनमा नै पुग्न सकेनन रे!’ खनालप्रति कटाक्ष गर्दै भने उनले भने, ‘मुख्य प्रतिस्पर्धीसँग चुनाव लडिरहँदा कम्युनिष्ट आन्दोलनको बाचा गर्ने तर जनताले जिताएर ठाउँमा पुगेपछि एकीकृत कम्युनिष्ट सरकारले ढालेर प्रतिस्पर्धी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन अघि सार्ने खै को पो हो नाम बिर्सिएँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.