|

हेटौंडा : हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छ। परीक्षा समयावधि घटाइएको सूचना विद्यार्थीमाझ सम्प्रेषण नगरी परीक्षा सञ्चालन गरिएको भन्दै तालाबन्दी गरिएको हो।

उनीहरूले क्याम्पस प्रशासन, परीक्षा नियन्त्रण महाशाखा र डिनको कार्यालयको गैरजिम्मेवार निर्णयविरुद्ध वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसको प्रशासन र शिक्षकका सम्पूर्ण कक्ष तालाबन्दी गरेको जनाइएको छ। परीक्षासम्बन्धी सूचना तत्काल सार्वजनिक गरी परीक्षा तालिका यथावत् रुपमा सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने विद्यार्थीहरूले बताएका छन्।

दीर्घकालीन समाधानका लागि सोसम्बन्धी कार्यविधि विद्यार्थी संगठनका नेतृत्वसँग छलफल गरी निर्णय गरेर कार्यान्वयनतर्फ लैजान क्याम्पस प्रशासन, परीक्षा नियन्त्रण महाशाखा र डिन कार्यालयसमक्ष विद्यार्थीले अनुरोधसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.