|

काठमाडौं :  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै छ।

सोमबार मात्र युएईसँग खराव प्रदर्शन गरेको नेपालका लागि पिएनजीविरुद्वको खेल आत्माविश्वास बटुल्ने अवसरका रुपमा रहेको छ।

दुबई क्रिकेट रंगशालामा सवा ११ मा सुरु हुने खेलमा नेपाल तुलनात्मक रुपमा आत्माविश्वासी देखिएको पिएनजीसँग संयमित भएर मैदानमा उत्रिने प्रयासमा हुने छ। किनकी पिएनजीले युएईलाई पराजित गरेकाले र नेपालविरुद्व पनि राम्रो प्रदर्शन देखाएकाले मंगलबार पिएनजी लिग-२ को दोस्रो जितको खोजीमा छ। नेपाल भने जारी सिरिजको सुखद अन्त्यको प्रतिक्षामा रहेको छ।

नेपालले यस अघि पीएनजीविरुद्ध तीन एकदिवसीय खेल खेलेको छ। सबै खेलमा नेपालले जित निकालेको छ। तर पछिल्लो समयको खराव ब्याटिङको चिन्ताले नेपाली ब्याटरलाई मात्र होइन सिंगो क्रिकेट समर्थकहरुलाई स्तब्ध बनाएको छ। कुनैपनि खेलाडीले जिम्मेवारीपूर्ण ब्याटिङ नगर्दा नेपाल  खराव लयबाट गुज्रिरहेको छ।

जारी सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ। दुवै खेल नेपालले यूएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा यूएईलाई हराएको थियो। पीएनजीले भने सुरुआती दुई खेलमा हार व्यहोरेको थियो। तर तेस्रो खेलमा भने जित निकाल्न सफल भएको थियो।

लगातार १४ खेलमा पराजय व्यहोरेको पीएनजी यूएईलाई  हराएर २ अंक जोड्दै बलियो टीम विरुद्व पनि जित निकाल्न सकिने आत्माविश्वास फिर्ता ल्याएको छ। तर नेपालको अवस्था भने फरक छ।कमजोर आत्माविश्वास बोकेर मैदान उत्रिँदा नेपाल पिएनजीविरुद्व पनि स्वभाविक रुपमा खेल अगाडिनै 'ब्याग फुट' मा छ।

पीएनजी पहिलो खेलमा यूएई विरुद्ध ७ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालसँग २ विकेटले हार व्यहोर्दै तेस्रो खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो।

विश्वकप छनोटको यो अभियानमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा छ। लिग २ मा नेपाल सर्वाधिक कम खेल खेल्ने राष्ट्र हो। यस अघिका खेलमा पीएनजीलाई २ विकेटले हराउँदा नेपाल युएईसँग ४८ र ९९ रनले पराजित हुन पुगेको थियो। जबकी दुबै खेलमा नेपालले मध्यम लक्ष्य पाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.