|

बाँके : कानुन न्याय तथा संसदीय व्‍यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले  नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन्।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई बुधबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्व-प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताए।

देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझ्न नसकेको, देश र जनताभन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको बताए। मन्त्री बडूले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताए।

संविधानको व्‍यवस्था र मर्मविपरित जान खोज्ने सबैको ओली नेतृत्वको सरकारको जस्तै अवस्था हुने  मन्त्री बडूले बताए। 

कार्यक्रममा बोल्दै मन्त्री बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताए। रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गरिरहनुपर्ने बताए।

२०६२-६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडूले सरकार सामुदायिक रेडियोहरुको विकासका लागि सधैँ सकारात्मक र प्रतिबद्ध रहेको पनि बताए।

उनले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतको सहुलियत दिएर पनि सहयोग गरिरहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.