|
फाइल फोटो

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीवार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी र हिमाली भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पहाडी र हिमाली भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.