|

काठमाडौं : राति ड्युटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन्।

दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको पनि उपरीक्षक शाहले जानकारी दिए।

शनिबार राति ड्युटी सकेर ललितपुर महानगरपालिका–२ बल्खुबाट सातदोबाटो जाने क्रममा न्यौपानेले चलाएको बा८३प ८९९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको थियो। उनको राति करिब २:३० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.