|

काठमाडौं : सर्लाहीको फूलजोर दुर्घटनाका मृतक चार जनामध्ये २ जनाको पहिचान खुलेको छ। सिन्धुली तीनपाटन गाउँपालिका २ की ३० वर्षीय शर्मिला कार्की श्रेष्ठ र  भारतीय नागरिक अन्दाजी २४-२५ वर्षीय सुनिल यादबको सनाखत भएको सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

अर्का मृतक एक महिला र एक पुरुषको पहिचान खुल्न बाँकी रहेको पनि कार्कीले थाहाखबरलाई बताए। वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ख ८५ ५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान सर्लाहीको फूलजोर खोलाको पुलबाट खस्दा ४ जनाको मृत्यु भएको थियो। ३० जना घाइतेमध्ये गम्भीर अवस्थाका ४ जनालाई थप उपचारका लागि वीरगंज र जनकपुर पठाईएको प्रहरीले जनाएको छ। अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.