|

काठमाडौं : तिमिल्सिना समाज नेपालको १० औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। काठमाडौंमा सम्पन्न महाधिवेशनले दीपक तिमिल्सिनाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समाजको वरिष्ठ उपाध्यक्षमा कपिल तिमिल्सिना चयन भएका छन्। समाजले जनाएअनुसार उपाध्यक्षहरूमा हरिप्रसाद तिमिल्सिना, चन्द्रमणि तिमिल्सिना, राजु तिमिल्सिना, जगत तिमिल्सिना, भक्तिराम तिमिल्सिना र दुर्गाप्रसाद तिमिल्सिना चुनिएका छन्।

महासचिवमा होमप्रसाद तिमिल्सिना, सचिवमा टपेन्द्र तिमिल्सिना, कोषाध्यक्षमा हीरादेवी तिमिल्सिना तथा सह-कोषाध्यक्षमा जयराम तिमिल्सिना चयन भएका छन्।
सदस्यहरूमा शिवराज तिमिल्सिना, दीर्घराज तिमिल्सिना, भवानी तिमिल्सिना, सुरज तिमिल्सिना, नविन तिमिल्सिना, भोजराज तिमिल्सिना, भेजप्रसाद तिमिल्सिना, प्रल्हाद तिमिल्सिना, बालकृष्ण तिमिल्सिना, मधुमाया तिमिल्सिना, ममता तिमिल्सिना, बासुदेव तिमिल्सिना, गुंगाधार तिमिल्सिना, नानीमाया तिमिल्सिना, सिता तिमिल्सिना, संजय तिमिल्सिनालगायत छन्।

नयाँ कार्यसमितिको पहिलो बैठकले समाजको बंशावली तयार गर्ने, आगामी ६ महिनाभित्र प्रदेश समिति निर्माण गर्नेलगायत निर्णय गरेको छ। तिमिल्सिना तिमल्सिना वा तिम्सिना फरक-फरक लेख्ने गरिए पनि मौदगल्य वंशीय सबै एउटै भएको समाजले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.