दुई देशको सम्बन्ध थप सुदृढ बनाएर जाने अपेक्षा गरेका छौँ : मन्त्री कार्की

|
फाइल तस्वीर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल-भारतबीच देखिएका समस्या समाधान गर्न भारत भ्रमणका क्रममा पहल गर्ने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेपाल-भारत सम्बन्ध उच्चस्तरीय राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान गर्न पहल गर्नेबारे छलफल भएकाे हाे।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘नेपाल र भारतबीच सरकार सरकारमा मात्रै सम्बन्ध नभएर जनस्तरबाट पनि उत्तिकै छ। हाम्रो बीचमा देखिएको समस्या उच्च स्तरको राजनीतिक र कूटनीतिक माध्यमबाट समस्याको पहल गछौँ।’

प्रधानमन्त्रीको भ्रमणले दुई देशको सम्बन्ध अझ सुदृढ बनाएर जाने अपेक्षा गरेको समेत उनले बताए। बैठकमा प्रधानमन्त्री देउवालाई गठबन्धनमा रहेका दलका नेताहरूले भ्रमणको सफलताको शुभकामना दिएका थिए। 

नेपाल भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद कायमै छ। नेपाली भूमि भारतले आफ्नो नक्सामा राखेपछि विवाद शुरु भएको थियो। नेपालले पनि सो भूमि राखेर नयाँ नक्सा जारी गरेको भएपनि जग्गा फिर्ता लिन सरकारले उदासिनता देखाएको आरोप लाग्दै आइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.