|

पाल्पा : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रचण्ड र माधव नेपाल एमालेलाई घाँडो भएपछि पार्टीले नै पन्छाएको बताएका छन्।

शनिबार राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको भेला तथा अधिवेशनको उद्घाटन गर्दै उनले हामीले पन्छाएका ती व्यक्तिहरू अहिले कांग्रेसलाई घाँडो भइरहेको समेत बताए।

प्रचण्ड माधव र उपेन्द्र यादव यी तीन नेता र उनका दल काँक्रोको झाल जस्तै थाक्रोबिना फल्न नसक्ने फल जस्तै भएको टिप्पणी गरे।

उनीहरूले पहिला एमालेलाई प्रयोग गर्न खोजेका र अहिले कांग्रेसलाई थाक्रो बनाउन खोजिरहेको नेता बस्नेतले आरोप लगाए।

अहिलेको गठबन्धन नेताको व्यक्तिगत स्वार्थमा बनेको र यसले एमालेलाई केही क्षति नगर्नेसमेत उनले दाबी गरे।

उनले भने, 'एमालेले चाहेमा जतिसुकै बेला पनि गठबन्धन फुटाइदिन सक्छ' उनले थपे, 'तर, एमालेले गठबन्धनलाई केही गरिरहनै पर्दैन। कुनबेला कताबाट अलिकति हावा निस्किएर गठबन्धन चक्का आफैँ फुस्किन्छ।'

नेता बस्नेतले प्रचण्ड र माधवलाई आफ्नो स्वार्थका लागि जेसुकै गर्न पनि तयार हुने गरेको आरोप लगाए।

त्यस्तै, कार्यक्रममा एमालेबाहेक अरू सबैलाई राम्रो बताएका नेता बस्नेतले कांग्रेस ढाँट पार्टी भएको आरोप लगाउन भ्याए। कांग्रेसले चुनाव जित्नका लागि रातारात गएर आश्वासन बाँड्ने र पछि विभिन्न बहाना बनाएर विकास तथा जनताको काम नगर्ने गरेको उनको आरोप छ। विकास र सुशासनको लागि एमालेलाई मतदान गरेर बहुमत सहितको पहिलो पार्टी बनाउनसमेत उनले अपिल गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.