|

स्याङ्जा : स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते भएका छन्।

चापाकोट–८ प्याकलुकस्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुरलाई जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल आइतवार राति भत्किँदा कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

पक्की पुल निर्माण कार्यमा फलामको बिममाथि उचाली जडान गर्ने क्रममा बिमसहित खस्दा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराको हरिहरपुर–८ का २२ वर्षीय रामनिवास कुमार पटेल, २८ वर्षीय जितेन्द्र पटेल र गोरखाको मिरासन गाउँपालिका–४ का २३ वर्षीय सृजन परियार घाइते भएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। यस्तै‚ भारत बिहारका २५ वर्षीय धनञ्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव र २५ वर्षीय अनुपकुमार राव घाइते भएका छन्।

घाइते भएकामध्ये रामनिवास कुमार पटेल र धनञ्जय ठाकुरको अवस्था गम्भीर रहेको छ। गम्भीर रहेका दुई जनाको पाल्पास्थित लुम्बिनी मेडिकल शिक्षण अस्पताल प्रभासमा उपचार भइरहेको छ। अन्यको पाल्पास्थित मिशन अस्पतालमा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.