|
फाइल तस्वीर

काठमाडौं : सरकारको सिफारिशमा नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत भएका छन्। राष्ट्रियसभा सदस्य रामनारायण विडारीको पदावधि समाप्त भएपछि सो स्थानमा सरकारले दाहालको नाम सिफारिश गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ दाहाललाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन्। आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता लाग्ने भएकाले आज नै सरकारले दाहालको नाम सिफारिश गरेको हो। राष्ट्रियसभा सदस्य मनोनीत दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ हुन्। 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.