|

पोखरा : पोखरा महानगरपालिकाका प्रमुख पदका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले शनिबार घोषणापत्र सार्वजनिक गरेका छन्। एक कार्यक्रमका बीच उनले विभिन्न १० वटा वडाका वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरूले पोखरा लक्ष्य २०७९ (कार्ययोजना पत्र) नाम दिएर घोषणापत्र सार्वजनिक गरेका हुन्।

कार्यक्रममा पौडेलले सार्वजनिक गरेको घोषणापत्र नभई अटेरी अभियानले बनाएको पोखरा विकासको लक्ष्य रहेको प्रष्टीकरण दिए।

'विकासका योजना बनाउनुअघि हामीले आम पोखरावासी र विभिन्न क्षेत्रका स्वतन्त्र विज्ञसँग राय सुझाव पनि लिएका थियौँ‚’ पौडैलले भने‚ ‘जनतालाई चाहिएको विकास नदिने तर भ्युटावर, स्वागतद्वार, अपारदशी अनुदान, वितरणमुखी कार्यक्रम लागू गर्ने‚ सम्भवै नहुने पराकाल्पनिक योजना सुनाएर कथित सपनाको रङ दिने राजनीतिक चरित्र विपरीत जनचासोका मूलभूत मुद्दाहरूमा केन्द्रित भई यो योजनापत्र बनाएका छुँ।'

७१ पृष्ठ लामो उक्त घोषणापत्रमा विशेष गरेर शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटनलाई विशेष जोड दिइएका छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.