|

बझाङ : पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान गठबन्धन सरकार सिनो जस्तै गन्हाएको बताएका छन्।

नेकपा एमाले जिल्ला कमिटी बझाङले चैनपुरमा आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘देशमा गठबन्धन सरकार स्थापना भएको वर्ष दिन वित्न नपाउँदै सरकारमा रहेकाहरु कमिसन र आफन्त वादको जालमा फसेका छन्। उनीहरुलाई देश र जनताको कुनै चिन्ता र चासो छैन्। यो सरकार गन्हाएको छ। यसको दुर्गन्धले देशलाई असफलताको मार्गमा लगेको छ।’

पौडेलले नेकपा एमालेको सरकारलाई अदालतको साहारा लिएर विस्थापित गरेर बनेको गठबन्धन सरकार असफल भैसकेको बताए।

पहिले केपी ओली नेतृत्वको सरकार हुँदा बझाङबाट तिब्बतलाई जोड्ने ताक्लाकोट सडकका लागि १ अर्व ४० करोड वजेट विनियोजन गरेको भएपनि अहिलेको देउवा सरकारले उक्त बजेटलाई नै रोक्का गरेर निर्माण कार्यलाई ठप्प पारेको नेता पौडेलले बताए।

उनले भने, ‘विकास भन्दा पनि गठबन्धन भित्र पद लोलुपहरुको मात्रै प्रवेश भएको छ । यसले जनताको हितमा काम गर्छ भन्ने कसैलाई लाग्छ भने त्यो भ्रम बाहेक अरु केही पनि होइन् ।’

आगामी बैशाख ३० गते तोकिएको स्थानीय निर्वाचनमा जस्तो सुकै गठबन्धन आएपनि एमालेको अगाडि घुँडा टेक्ने, नेता पौडेलले बताए।

एमालेलाई हराउने मात्रै गठबन्धनको मुख्य एजेण्डा भएका कारण यस्ता विना एजेण्डा र विना भिजनका नेताहरुलाई चुनावबाट नै परास्त गर्नु पर्नेमा नेता पौडेलले जोड दिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.