|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र शहरी दुवै क्षेत्रको विकास दिगो बनाउनु पर्नेमा जोड दिएका छन्।

शहरी विकास मन्त्रालयले मंगलवार गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले सबै नेपालीको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जाल जडान गर्नु आवश्यक रहेको बताए।

मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको र यसले संसारलाई मानव जीवनको गतिमा कहिल्यै नभएको परिवर्तन गर्नुका साथै बाँच्ने तरिकासमेत प्रभावित भएको बताए। उनले भने, ‘आजको युग सूचना, सञ्चार र प्रविधिको युग हो। यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गति परिवर्तन गर्नुका साथै हाम्रो बाँच्ने तरिकालाई असर गरिरहेको छ। अर्थतन्त्रको विकासका लागि ग्रामीण र शहरी क्षेत्रको विकासलाई दिगो बनाउन र सबै नागरिकको जीवनस्तर उकास्न मानवीय र प्राविधिक दुवै सञ्जालको जडान गर्न आवश्यक छ।’

उनले विस्तारै गाउँ बस्तीहरू रित्तिँदै गएको र शहरमा बस्ने आकांक्षाले शहर पनि अव्यवस्थित बन्दै गएको बताए। उनले गाउँका जनतालाई गाउँमै बसौँ-बसौँ लाग्ने नीति तर्जुमा गर्नु अहिलेको आवश्यक्ता भएकोमा जोड दिए। ‘अहिले हाम्रो समाज बिस्तारै अनेकौँ सपनाले गर्दा गाउँ र बस्तीहरू रित्तिँदै गएका छन्। शहरमा बस्ने आकांक्षाले शहरलाई अव्यवस्थित बनाउँदै गएको छ। यतातर्फ हामीले ध्यान दिन सकेनौँ भने हाम्रो विकास एकांगी हुन सक्दछ। गाउँका जनतालाई गाउँमै बसौँ-बसौँ लाग्ने नीति तर्जुमा गर्न आवश्यक छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.