|

काठमाडौं :  प्रोफेसनल गल्फर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सूर्य नेपाल गल्फ टुर अन्तरगतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ।

एयरपोर्टका गल्फ कोर्समा चार दिनसम्म कुल ७२ होलको खेल हुनेछ।  प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन्। जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता जनाउने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिए। 

यस्तै प्रतियोगितामा बेलायतबाट खेल्दै आएका ७ जना खेलाडीले समेत प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा साविक विजेता सुवास तामाङसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खड्का, राम थापा लगायतका खेलाडीले सहभागिता जनाउने छन् भने बेलायतबाट महेन्द्र फगामी, झमक लिम्बु, भक्त शेरचन, देव राना, बिष्णु थापा, राजु तामाङ र गजेन्द्र गुरुङले सहभागिता जनाउनेछन्।

शुक्रबारसम्म आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्दा उप विजेताले ६५ हजार रुपैयाँ पाउने छन्। यस्तै तेस्रो हुनेले ४६ हजार प्राप्त गर्दा शीर्ष २१ मा रहने खेलाडीले समेत नगद  पुरस्कार पाउने आयोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.