|

सुर्खेत : डोल्पाको काइके गाउँपालिकाले डोल्पोबुद्ध गाउँपालिकामा आवतजावतमा प्रतिबन्ध लगाएको छ । 

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेपछि काइके गाउँपालिकाले विज्ञप्ति नै निकालेर उसमाथि रोक लगाएको हो। काइके गाउँपालिकाको भू–भाग हुँदै डोल्पोबुद्ध गाउँपालिका आवतजावत गर्ने बाटो रहेको छ। 

विज्ञप्ति प्रकाशन गर्नु अघि नै काइकेले खाद्यान्न बोकेका चौँरी र घोडा र खच्चड रोक्न सुरु गरेको डोल्पोबुद्ध गाउँपालिकाले जनाएको छ। केही समयअघि नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको काइके गाउँपालिकाका अध्यक्ष अंगत रानाले सांसद धनबहादुर रानाको आडमा यो कदम चालेको स्थानीयवासीको आरोप छ। 

उपल्लो डोल्पामा अहिलेसम्म स्वतन्त्र रुपमा चुनाव हुन नसकेको र बुथ कब्जा गरी जबरजस्ती मतदान गरी चुनावमा आफू अनुकुलको मान्छेलाई जनप्रतिनिधि बनाएको आरोप सांसद बुढामाथि लाग्दै आएको छ।

डोल्पोबुद्धका अध्यक्ष लगायत बहुमत जनप्रतिनिधि  एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेपछि तिक्तता बढेकोे छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले आवश्यक परे सुरक्षा दिने प्रतिक्रिया दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.