एकीकृत समाजवादीलाई दिएको उपमेयरमा पनि दुईजना सिफारिस

|

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंहसहित ५ जनाको नाम सिफारिस भएको छ। 

काठमाडौं महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो।

यस्तै , उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम पठाएको छ। गठबन्धनको सहमतिअनुसार काठमाडौं महानगर मेयर कांग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। तर, कांग्रेसले सहमतिविपरीत उपमेयरमा पनि सिफारिस गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.