|

जनकपुरधाम : महोत्तरीमा प्रहरीले अवैध रूपमा गिटी बालुवा उत्खनन गर्ने ४ वटा टिप्परलाई नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर-६ किसाननगरस्थित रातु खोलाबाट अवैध रूपमा गिटी बालुवा उत्खनन तथा ओसारपसार भइरहेको सूचनापछि प्रहरीले खोलाबाट ४ वटा टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दियो।

प्रहरीले ना ८ ख २०४६, ना ८ ख ११३८, प्रदेश २–०३–००१ क ०३४८ र प्रदेश २–०३–००१ ख १८९९ नम्बरको टिप्पर नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला समन्वय समिति जलेश्वरमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.