|

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकप्टरबाट सुत्केरीको उद्धार गरिएको छ। सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

सुत्केरी राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो। सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दीपेन्द्र कुलुङका अनुसार सुत्केरी व्यथा लागेकी राई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कुमा भर्ना भएकी थिइन्।

उच्च रक्तचाप र लामो समय प्रसव व्यथा लागेकी राईको प्राथमिक स्वास्थ्य केन्द्र ताम्कुमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिहीबार हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं लगिएको स्वाथ्य शाखा प्रमुख कुलुङले बताए। प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन सक्ने अवस्था नभएपछि थप उपचारका लागि काडमाडौंको थापाथलीस्थित प्रसूतिगृहमा लगिएको उनले बताए।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सिलिचोङ गाउँपालिकाबाट हालसम्म ३ जना सुत्केरी महिलाको उद्धार गरिसकिएको छ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.