|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरूलाई एकतामा आउन आव्हान गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरूलाई एकतावद्ध हुन आव्हान गरेका हुन्।

उनले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरू उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरू एकतावद्ध हुनु आवश्यक रहेको बताए।

‘हिजो नेपालको जनवादी क्रान्तिलाई मौलिक ढंगले पुरा गर्न मुख्य योगदान गरेको माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका सबै विभिन्न धाराहरूलाई आजको दिनले सबभन्दा पहिला एकतावद्ध हुन प्रेरित गरोस्। म सबै माओवादी आन्दोलनका उपज सबै धाराका नेता, कार्यकर्ताहरूलाई विशेष रुपले अपिल गर्न चाहान्छु', उनले भने, 'आउनुहोस् अहिले पनि देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यताहरू, मुद्दाहरू उल्ट्याउने षड्यन्त्र भइ नै राखेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेकै छ। अहिलेपनि यो देशका महिला, दलित, आदिबासी, जनजाति, मधेशी, थारु, मुस्लिम लगायत उत्पीडित जनताले पाएका अधिकार र पहिचानहरू खोस्ने षड्यन्त्र रोकिएको छैन। त्यसकारण हामी सबै यो परिवर्तनका पक्षधरहरू, यो परिवर्तनको निम्ति त्याग र बलिदानका कीर्तिमान कायम गर्नेहरू सबै एक ठाउँमा केन्द्रीत हुन जरुरी छ।'

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई र क्रान्तिकारी कम्युनिष्टलाई विभाजित गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुर्नप्राप्ति हुनसक्छ, फेरी निरंकुशता लाद्न सकिन्छ भन्ने ठान्नेहरू छन् र त्यसको निम्ति कसरत भई नै राखेको बताए।

'म सबै परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी नेता, कार्यकर्ताहरूलाई विशेष रुपले अपिल गर्न चाहान्छु ', उनले भने। अध्यक्ष दाहालले विगतमा कम्युनिष्ट पार्टीहरूलाई एकतावद्ध बनाउनका लागि नेकपा(एमाले)सँग एकिकरण गरेको उल्लेख गर्दै एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी बिसर्जनवादी चिन्तनका कारणले सफल हुन नसकेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.