|

काठमाडौं : गीतकार प्रकाश योञ्जनको नयाँ सांगीतिक कोसेली 'बिछोडको पीडा' बजारमा आउने भएको छ।

सिन्धुपाल्चोक निवासी योञ्जनले आफ्नो सांगीतिक कोसेली पस्किने क्रममा 'बिछोडको पीडा' बोलको गीत बजारमा ल्याउन लागेका हुन्।

उनले आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए। हाल सार्वजानिक गर्न लागेको याे गीतलाई गीतकार प्रकाश योञ्जनले लेखेका हुन् भने टिका बम्जनले संगीत भरेका हुन्।

गीतलाई गायक कर्ण राज गिरीले गाएका हुन्।

म्युजिक भिडियोमा लाक्पा युटी शेर्पा र रमेश कँडेलको अभिनय रहने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.