|

म्याग्दी : म्याग्दीमा स्थानीय तहको निर्वाचनमा जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाका प्रमुख/अध्यक्षमा जम्मा ३ जना महिलाको उम्मेदवारी परेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकाको प्रमुखमा मीनाकुमारी शर्मा सापकोटा‚ नेकपा एमालेका तर्फबाट धवलागिरि गाउँपालिकाको अध्यक्षमा थमसरा पुन र नेकपा माओवादी केन्द्रका तर्फबाट रघुगंगा गाउँपालिकामा मीना विकले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए।

धवलागिरि गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर फेरि अध्यक्षकै उम्मेदवार बनेकी पुन ०७४ सालको स्थानीय तहको निर्वाचनबाट पालिका अध्यक्षमा निर्वाचित एक्ली महिला थिइन्। उनले फेरि उम्मेदवारी दिए पनि माओवादी केन्द्र र राप्रपाले भने नयाँ अनुहारलाई पालिका प्रमुख/अध्यक्षका उम्मेदवार बनाएका हुन्।

०७४ सालको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरी बेनी नगरपालिकाको उपमेयर जितेको राप्रपाले यस पटक आफ्नै पार्टीको चुनाव चिह्न हलोबाट निर्वाचनमा सहभागी हुन मेयर र उपमेयर नै मैदानमा उतारेको छ।

राप्रपाले मेयरमा महिलालाई अगाडि सारे पनि उपमेयरमा भने पूर्व जिल्ला अध्यक्ष एवम् क्षेत्रीय सदस्य एकेन्द्रबहादुर रावललाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले समेत वडाअध्यक्षबाट राजीनामा दिएका रिम कटुवाललाई रघुगंगा गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनाएर महिलालाई अध्यक्षको उम्मेदवार बनाएको हो ।

अन्नपूर्णका उम्मेदवार मत माग्दै घरघरमा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको उम्मेदवार बनेका उम्मेदवारहरू मददाताको घरदैलोमा पुगेका छन्।

उम्मेदवारी दर्ता गरेसँगै मत माग्न र जनताको आवश्यकता बुझ्न अन्नपूर्णका कांग्रेस उम्मेदवारहरू घरदैलो अभियान र प्रचारप्रसारमा लागेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले जानकारी दिए।

‘हामी जनताको घरघर दैलोमा पुगेर पहिलो चरणमा टोल टोलमा कोणसभा गर्ने र घरदैलोमा नै गएर जनताको आवश्यकता बुझ्न थालेका छौं‚’ अध्यक्षका उम्मेदवार बनेका क्या. बलबहादुर तिलिजाले भने‚ ‘हामीले बोल्नभन्दा पनि काम गरेर जनताको मन जित्ने हो‚ जनताको आवश्यकताको आधारमा नै हाम्रा घोषणा र प्रतिबद्धताहरू हुन्छन्।’

पालिकाको वडा ७ हिस्तानको औलमा कोणसभामा अध्यक्षका प्रत्यासी तिलिजाले यसपाली पालिका र वडामा काूग्रेसलाई मत दिएर जिताउन अनुरोध गर्दै जनताको सेवा गर्न आफू पालिका अध्यक्षको उम्मेदवार बनेको बताए।

कांग्रेसले चुनावी अभियानलाई तीव्रता दिएको छ। यस पटक अन्नपूर्ण पालिकामा कांग्रेसले क्या. तिलिजालाई अध्यक्ष र ललिता तिलिजा पुनलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.