|

जनकपुरधाम : धनुषामा घुस सहित पक्राउ परेका मालपोत कार्यालय निमित्त प्रमुख सुनिलकुमार झाविरुद्ध  शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। 

जग्गा सम्बन्धी हक दफा मुद्दामा मुद्दाको फैसला सुनाएबापत सेवाग्राहीसँग पाँच लाख घुस माग गरिएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले झालाई नियन्त्रणमा लिएको थियो।

झालाई जनकपुरधामको भानुचौकबाट गत चैत २८ गते सोमबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

झाले जग्गा सम्बन्धी हक दफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग घुसबापत ५ लाख माग गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर भएकोले झालाई ५ लाख बिगो कायम गरी अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

झामाथि पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन समेतको माग दाबी लिई शुक्रवार विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.