|

पर्वत : पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको अटेरी अभियानले प्राप्त गरेको चुनाव चिन्ह ‘लौरो’ खोसिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गर्दा अटेरी अभियानका उम्मेदवार गनेश पौडेलले ‘लौरो’ चिन्ह पाएका थिए।

तर, चुनाव चिन्ह पाएको केही घण्टामा नै उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै आफूहरूलाई ‘लौरो’ दिन नमिल्ने भनी फोन आएको जानकारी गराएका छन्।

उनले अभियानमा संलग्न भएर पोखराका विभिन्न पदमा उम्मेदवारी दिएका सबैलाई नयाँ बजार स्थित कार्यालयमा उपस्थित हुनका लागि आह्वान गरेका छन्।

अभियानबाट त्रसित दलको प्रभावमा निर्वाचन आयोगले आफूहरूलाई तीन घण्टा अघि नै प्रदान गरेको चुनाव चिन्ह ‘लौरो’ लाई अहिले आएर ‘दिन नमिल्ने’ भन्ने प्रकारको फोन जानकारी गराएको र आफैले दिएको सूची मध्येबाट पाएको चिन्हलाई ‘दिन नमिल्ने’ भनेर निर्वाचन आयोगले भन्नु आयोग ‘निष्पक्ष’ नरहेको संकेत दिएको पौडेलले बताएका छन्।

यसबारेमा शनिवार साँझ अबेर सम्ममा पत्रकार सम्मेलनको गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.