|

काठमाडौं : त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार जिम्बावे ‘ए’सँग तेस्रो खेल खेल्दैछ। 

नेपाल र जिम्बावे ‘ए’ बीचको आजको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो। 

दोस्रो खेल सोमबार वर्षाका कारण अवरुद्ध भएको थियो। त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको जिम्बावे ‘ए’ले ४.३ ओभरमा दुई विकेट गुमाएर ४८ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो। बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले एक-एक विकेट लिएका थिए। 

आईसीसी पुरुषक्रिकेट विश्वकपलिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलेको हो। टी–ट्वान्टी सिरिजपछि नेपाल र जिम्बावे ‘ए’बीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.