|

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले चुनावी माहोल बिगार्ने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह नगर्न आग्रह गरको छ।  साइबर ब्यूरोले शुक्रबार सूचना जारी गरि निर्वाचन आचारसंहिताविपरीत अडियो,भिडियो सम्प्रेषण नगर्न आग्रह गरेको हो।

‘सामाजिक सञ्जालहरूमा चुनावी माहोल बिगार्ने उद्देश्यले भ्रामक,दुष्प्रचारदेखि चरित्र हत्या हुनेगरी अडियो,भिडियो,लिखित अभिव्यक्तिलाई दुराशय मनशायबाट गलत अर्थ लाग्ने गरि इडिट गरी सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न आग्रह गरिन्छ,’सूचनामा उल्लेख छ।

त्यस्तै,प्रहरीले त्यस्ता सामाग्री सेयर नगर्न पनि आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.