|

काठमाडौँ : नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्।

बिहीवार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे। उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा काँग्रेसले शुक्रवार काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्ने बताए।

उनले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको दावी गरे। उनले अध्यक्ष सिरोहियाका साथमा नेपाली काँग्रेस र सबै नेपाली रहेको भन्दै उनको पक्राउको विरुद्धमा काँग्रेस रहेको बताए। उनले सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रूपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने बताए। सिरोहियामाथिका आरोप निराधार र त्रुटिपूर्ण रहेको बताए।

नेता निधिले भने, ‘सरकारले कैलास सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको छ। अनावश्यक दुःख दिएको छ। उहाँलाई जनकपुरमै ल्याइएको छ। उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ, उहाँलाई भेट्न आएको हुँ। उहाँप्रति ऐक्यबद्धता प्रकट गर्न आएको छु। हामी कैलास सिरोहियाका साथमा छौँ। दुईवटा नागरिकता केसमा बदर भइसकेको छ। उहाँमाथिको आरोप निराधार छ। कानूनी र व्यवस्थापकीय कारणले फरक फरक देखिएको छ, कीर्ते होइन।’

नेता निधिले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसको विरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिए।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.