|

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नागरिकता प्राप्त गरेका र  वडा विभाजन भएका सबै क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गरेको बताएका छन्।

आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजन भित्र परेका ६ हजार ७ सय ४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको बताएका हुन्। मंगलबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले मौन अवधिमा कसैले पनि निर्वाचन प्रचारप्रसार सम्बन्धित कुनै पनि किसिमको क्रियाकलाप गर्न आयुक्त थपलियाले आग्रह गरे।

उनले भौतिक रुपमा मात्रै नभएर सामाजिक सञ्जाल मार्फतबाट समेत मत माग्न वा प्रचार गर्न नपाउने बताए। मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारको समिक्षा र मतदाताले मतदान शिक्षा र परिचय पत्र लिन मात्रै पाउने बताए। आयुक्त थपलियाले आयोगले मौन अवधिको पालना भए नभएको अध्ययन गर्न अनुगमन टोली बनाएको बताउनु भयो । उहाँले निर्वाचन प्रचार प्रसारमा आचारसंहिता विपरितका काम शिक्षित र ठूला नेताहरुबाटै बढी जानकारी दिए। 

अलि पछाडिको क्षेत्रमा निर्वाचन आचारसंहिता भन्दा बाहिर गएर कमै मात्र काम भएको दाबी प्रमुख आयुक्त थपलियाको छ। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधिमा निर्वाचन आयोगका अधिकृत वा अनुगमन समितिलाई  ४८ घण्टा जागरुक बस्न निर्देशन दिनु भएको छ ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.