|

जुम्ला : जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ।  प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईँलेआठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरेको जानकारी दिइन्। 

उनका अनुसार केन्द्रबाट चारवटा सीसी क्यामेरा पठाएको र अन्य स्थानीय स्तरबाट जडान गरिएको हो। यससँगै निर्वाचन अधिकृतको कार्यालय वा मतगणनास्थल  सुरक्षित हुने अपेक्षा गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि सीसी क्यामरा जडान भइसकेको सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए। 

अघिल्लो स्थानीय तह निर्वाचनमा केही स्थानमा धाँदली भएको थियो भने केहीमा राजनीतिक दलका कार्यकर्ताबीच झगडा भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.