नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले टी-२० सिरिज खेल्ने तय भएको छ। नेपालले अफ्रिकी राष्ट्र युगान्डासँग टी-२० अन्तरराष्ट्रिय सिरिज खेल्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
नेपाल क्रिकेट संघका अनुसार जेठमा युगान्डासँग घरेलु मैदानमा टी-२० सिरिज खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ। नेपालले पहिलो खेल १६ मे (२ जेठ) मा खेल्नेछ।१७ मे (३ जेठ) मा खेल्दा १९ मे (६ जेठ) मा तेस्रो खेल खेल्नेछ। त्यस्तै चौथो टी-२० मे (७ जेठ) मा हुँदा अन्तिम खेल २१ मे (८ जेठ) मा हुनेछ।
नेपाली महिला टोलीले पर्याप्त एक्सपोजर नपाएको भन्दै आलोचना हुने गरेको थियो। पछिल्लो समय क्यानले नेपाली महिला टोलीका लागि विभिन्न देशसँग मैत्रीपूर्ण टी-२० सिरिजका लागि प्रस्ताव पठाए पनि युगान्डा खेल्न तयार भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।