|

बैतडी :  बैतडीका दुई वडाको नतिजा सार्वजनिक भएको छ। 

जिल्लाको शिवनाथ गाउँपालिका-१ को अध्यक्षमा नेपाली कांग्रेसका बलदेव सिंह चाड प्यानल सहित विजयी भएका छन्। 

चाड ७ सय मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार देव सिंह साउदले ४ सय ७० मत प्राप्त गरेका छन्। 

यस्तै, बैतडीको सुर्नया गाउँपालिका-१ मा नेकपा एमालेका धनबहादुर चन्द प्यानलसहित विजयी भएका छन्। उनले १५५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याएका छन्। बैतडीमा १० स्थानीय तहका ८४ वडा रहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.