|

काभ्रे : जिल्लाको तेमाल गाउँपालिकामा गठबन्दन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

गठबन्धनबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका चन्द्र लामा र उपाध्यक्षमा माओवादी केन्द्रका दलमान थोकर (डिएम) विजय भएका हुन्।

अध्यक्ष लामाले ७ हजार ७८ मत ल्याएर निर्वाचित हुँदा प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र बहादुर तामाङले ५ हजार ९०० मत पाएका छन्। लामाले १ हजार १७८ मत अन्तरले एमालेका तामाङलाई पराजित गरेका हुन्।

त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका थोकर ६ हजार ६६० मत ल्याई विजय भएका छन्।

उनी प्रतिद्वन्द्वी एमालेकी सम्तेन लामालाई १ हजार ६८८ मत अन्तरले पराजित गरी विजयी भएका हुन्। उनको प्रतिद्वन्द्वी एमालेकी लामाले ४ हजार ९७२ मत ल्याएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.