|

काठमाडौं : पहिराेले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

चितवनकाे इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

इलाका प्रहरी कार्यालयका अनुसार अहिले एकतर्फी रुपमा सवारी सञ्चालन भईरहेको छ भने पहिरो हटाउने कार्यपनि जारी छ। दुईतर्फी सवारी सञ्चालनका लागि अझै केही समय लाग्ने प्रहरीले जनाएको छ।

पहिरोमा परी दुईवटा सवारीसाधनमा क्षति पुगेको छ। यद्यपि मानवीय क्षति भने भएको छैन।

सुक्खा पहिरोमा परी मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ९९०९ नम्बरको हाइस माइक्रोबस र सोही दिशाबाट आउँदै गरेको प्र ३–०१–०२३च–०५३५ नम्बरको कारमा क्षति पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.