|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपिएल) को १५ औं फाइनल आज (आइतबार) हुँदै छ।

अहमदाबाद स्थित नरेन्द्र मोदी अन्तराष्ट्रिय मैदानमा हुने खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स उपाधिका लागि मैदानमा प्रतिस्पर्धा गर्दै छन्। यो अन्तिम खेल अगाडी ५० मिनेटको रंगारंग सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ। २०१८ पछि पहिलो पटक आईपिएलमा क्लोजिङ सेरमोनीको आयोजना हुँदै छ। यसका कारण आईपिएलको फाइनल खेल आधा घन्टा सारिएको छ। अर्थात फाइनल अब ८:१५ बाट सुरु हुने छ। ​

रणवीर सिंह र एआर रहमान आकर्षण

आईपीएलको १५ औं संस्करणको फाइनलमा हुने ५० मिनेटको समापन समारोहमा अभिनेता रणवीर सिंह र म्युजिक कम्पोजर एआर रहमान मुख्य आकर्षणमा हुने छन्। समारोहमा रणवीर सिंहको डान्स र रहमानको म्युजिक पर्फमेन्स रहने छ। यसका लागि मैदानमा विशेष साउन्ड सिस्टम र आरजीबी लाइटको ब्यबस्था गरिएको छ।

स्वतन्त्रताको ७५ वर्षको अवसरमा देखाइँदै भारतीय क्रिकेटको सफलता

​क्लोजिङ सेरमोनीका दौरान एआर रहमानले आफ्नो म्युजिकल पर्फरमेन्स मार्फत भारतीय क्रिकेटले ८० वर्ष लामो यात्राको आरोह र अवरोह हरु देखाइने छ। यसको थीम (भारतको स्वतन्त्रताको ७५ साल) का रुपमा रहने छ। यसको जानकारी ए आर रहमानले आफ्नो सोसल साइड मार्फत जानकारी दिएका हुन्।

लोक नृत्यको कार्यक्रम, अमित शाहको उपस्थिति

आईपीएलको १५ औं क्लोजिङ सेरेमोनिमा सिंह र रहमानको प्रस्तुती बाहेक विभिन्न राज्यको लोक नृत्य पनि प्रस्तुत गरिने कार्यक्रम रहेको छ। यसमा गुजराती चर्चित कलाकार मोहित चौहान, बेनी दयाल र श्यामक डावर लगायत रहने छन्। यस दौरान स्टेडियममा १ लाख ३० हजार दर्शक उपस्थित हुने छन्। गृहमन्त्री अमित शाह पनि समारोहमा उपस्थित हुन सक्ने जनाइएको छ। 

इतिहासमा पहिलो पटक क्रिकेट खेलका दौरान फ्लिमको ट्रेलर रिलिज हुँदै

आईपीएलको फाइनल खेलका दौरान आमिर खानले आउँदै गरेको फ्लिम लाल सिंह चढ्ढाको ट्रेलर लन्च गर्ने कार्यक्रम रहेको छ। यो पहिलो अवसर हो जहाँ कुनै क्रिकेट खेलका दौरान फ्लिमको ट्रेलर लन्च हुन लागेको हो।

यस दौरान आमिर खानपनि स्टेडियममा उपस्थित हुने कार्यक्रम रहेको छ। फाइनलको महत्वपुर्ण प्रतिस्पर्धामा लाल सिंह चढ्ढाको ट्रेलरले अर्को धमाका पिट्ने विश्वास गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.