|

बागलुङ : सरकारले बागलुङको बलेवा विमानस्थललाई प्राथमिकतामा राखेको छ। विमानस्थललाई स्तरोन्नति गरी संचालन गर्ने सरकारकाे बजेटमा समावेश गरिएकाे छ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने बताए। 

सरकारले ग्रामीण क्षेत्रबाट गुणस्तरीय हवाई सेवा दिने उद्देश्यले बन्द रहेका विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने घोषणा गरे अनुरुप बलेवा विमानस्थल स्तरोन्नतिसहित सञ्चालनमा ल्याइने भएकाे हाे।

विमानस्थलको धावनमार्ग भर्खरै कालोपत्रे सम्पन्न भएको छ। विमानस्थलमा टर्मिनल टावर लगायतका थुप्रै पूर्वाधार निर्माणको आवश्यकता देखिएपछि सरकारले प्राथमिकताका साथ स्तरोन्नति गरेर विमानस्थल सञ्चालन गर्ने अर्थ मन्त्री जनार्दन शर्माले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.