|

हेटौँडा : बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रममा राखेका तीनवटा सुरुङमार्ग निर्माण योजना केन्द्रीय सरकारको बजेटमा पनि परेको छ।

संघीय सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बागमती प्रदेशका सुरुङमार्ग योजना निर्माण गरिने बताएका हुन्।

उनले प्रदेश सरकारको साझा कार्यक्रममा रहेको मकवानपुरको भीमफेदी–कुलेखानी, सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग र धादिङ र चितवनलाई जोड्ने हुग्दिखोला–शक्तिखोर सुरुङमार्ग निर्माण गरिने बताए।

गठबन्धनको प्रदेश सरकारले यी तीनवटै सुरुङमार्ग निर्माण कार्यलाई गौरवको आयोजनाको रुपमा साझा कार्यक्रममा राखेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.