|

युरोपेली संघले रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने सम्झौता योजनामा सहमति जनाएको छ। हंगेरीले पूर्ण प्रतिबन्धको विरोध गरेपछि युरोपेली संघका नेताहरुले दुइ तिहाइ भन्दा बढीमा रोक लगाउन सहमति जनाएको बीबीसीले जनाएको छ।

यो सम्झौताले रुसी युद्ध मेसिनको लागि वित्तको ठूलो स्रोत  बन्द गरेको युरोपेली काउन्सिलका चाल्र्स मिसेलले बताए। यसले रसियालाई युद्ध अन्त्य गर्न अधिकतम दबाब दिएको उनको भनाइ छ। मिसेलका अनुसारयो प्रतिबन्ध ब्रसेल्समा भएको शिखर सम्मेलनमा अनुमोदन गरिएको प्रतिबन्धको छैटौँ प्याकेजको हिस्सा हो। 

ब्रसेल्समा अनुमोदन गरिएको प्रतिबन्धमा २७ सदस्य राष्ट्रले सहमति जनाएका मिसेलको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ। तेल आयातको पूर्ण प्रतिबन्धको मुख्य प्रतिद्वन्द्वी हंगेरीसँग ईयूका सदस्यहरूले रुसी तेल आयात प्रतिबन्धको बारेमा मतभेद समाधान गर्न घण्टौँ बिताएका थिए। रुसी तेल आयात प्रतिबन्धको लागि एक महिनाअघि युरोपेली आयोगले प्रस्ताव गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.