|

काठमाडौं:  प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा आजदेखि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुने भएको छ। 

धीरज प्रताप सिंहलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो। 

गत बैशाख २१ गते बुधबार सर्वोच्चका  न्यायाधीश पुष्पलता माथेमाको एकल इजलासमा रिटमाथि प्रारम्भिक सुनुवाई सुरु भएको थियो। सो दिन सुनुवाई नसकिएपछि सरकारको निर्णयविरुद्ध परेको रिट हेर्दा हेर्दैमा राखिएको थियो। 

एआइजी पोखरेलले वरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै गत वैशाख १९ गते सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए।  पोखरेलले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार लगायतका सबै आधारमा आफू अगाडी रहेको दाबी रिटमा गरेका छन्।  

सिंहभन्दा १६ महिना पहिले एआइजीमा बढुवा भएको र वरिष्ठताका आधारमा आफू आइजीपीमा बढुवा हुनुपर्ने माग पोखरेलले रिटमा राखेका छन्।  

मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.