|

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन् गरिरहेका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।

मंगलबार राति साढे १० बजे कालीगण्डकी किनारमा ढुङ्गा बालुवा उत्खनन् गरिरहेका ध १ त ३५५, ध १ त २३७ र ध १ त ४५८ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।

नियन्त्रणमा लिएको ट्याक्टर चालकलाई प्रहरीले बागलुङ नगरपालिकामा बुझाएको थियो। नगरपालिकाले ढुङ्गा बालुवा जफत गरेको छ। उनीहरुलाई ५/५ हजार जरिवाना गरिएकाे रानाको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.