|

रूसले युक्रेनको २० प्रतिशत भू–भागमा कब्जा गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो २० प्रतिशत भू–भागमा कब्जा गरेको दाबी गरेका हुन्।

‘हाम्रो कुल भू–भागको करिब २० प्रतिशत भू–भाग रूसले कब्जा गरेको छ’, बिहीबार लक्जम्बर्गमा सांसदहरूलाई सम्बोधन गर्दै उनले भने। देशको पूर्वी सीमा क्षेत्रमा पृथकतावादीले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको दाबी छ।   

युक्रेनमा आन्दोलनरत पृथकतावादीलाई पहिले पनि रूसको सहयोग रहेको आरोप युक्रेनले लगाउने गरेको छ। ‘भूमि रक्षाका लागि  सधैं संघर्ष गरिरहनुपर्छ’, उनले भने, ‘निराश नहुन र कुनै पनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गर्छु।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.