|

काठमाडौं : काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) साह र उपप्रमुख सुनिता डंगोलले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग भेट गरेका छन्। काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनमा सरकारले सघाउन आग्रह गर्दै प्रमुख र उपप्रमुखले मन्त्री झाँक्रीलाई आग्रह गरे। 

मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्ड फिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने प्रतिवद्धता जनाएकी छन्। उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं मन्त्रालय तयार रहेको समेत बताइन्।

‘तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बन्चरेडाँडामा पुरानै किसिमले गरेपनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी छ। महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार छ।’, मन्त्री झाँक्रीले भनिन्।

काठमाडौं महानगरपालिकाका प्रमुख साहले बन्चरेडाँडा ल्याण्ड फिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शत प्रतिशत कार्यान्वयन गर्न अनुरोध गरेका थिए। 

मेयर शाहले काठमाडौंको फोहोर बन्चरेडाँडामा तत्काल कसरी फोहोर विसर्जन भन्ने विषयमा स्थानियबासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिन समेत आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.