|
फाइल फोटो

काठमाडौं : नेपाल वायुसेवा सञ्चालक संघले एक मात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न सम्भव नरहेको प्रतिक्रिया दिएको छ। 

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने निर्णय गरेपछि संघले व्यावसायिक उडानमा उपयुक्त नहुने धारणा राखेको हो। हेलिकप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ।

नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एक इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्दा खर्च धान्न नसक्ने र कम्पनी धरासायी हुने बताए। ‘९ सिट क्षमताभन्दा माथिका हेलिकप्टरमा दुई पाइलट राख्न समस्या छैन’, उनले भने, ‘सबै हेलिकप्टरमा दुई पाइलट राख्दा जनशक्ति समेत अभाव हुन्छ।’ 

हाल नेपालमा ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकप्टरले व्यावसायिक उडान गर्दै आएका छन्। १० विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको बताइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.